नेपालका पौडीवाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
मंगलबार पेरिस ला डिफेन्स एरिनामा भएको पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डरले आफ्नै कीर्तिमान सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।
उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन्।
पौडी अन्तर्गत नै आइतबार भएको खेलमा डुवाना लामाले २ सय मिटर फ्रिस्टाइल विधाको पहिलो हिटमा सहभागी ७ खेलाडीमा अन्तिम स्थानमा रहिन्।
उनले २ मिनेट २०.७४ सेकेण्डमा निर्धारित दुरी पार गर्दा आफ्नै व्यक्तीगत प्रर्दशनमा समेत सुधार गर्न सकिनन्।
165
Shares
प्रतिक्रिया