ad ad

खेल


काभा नेसन्स कप : नेपालको पहिलो हार

काभा नेसन्स कप : नेपालको पहिलो हार

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८१ आइतबार १९:३६, काठमाडौँ

घरेलु मैदानमा जारी काभा महिला भलिबल नेसन्स कपमा नेपालले पहिलो हार व्यहोरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारको दोस्रो खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको हो। 

पहिलो सेटमा २५–१६ ले पराजित भएको नेपालले दोस्रो सेटमा भने उत्कृष्ट पुनरागमन गरेको थियो। 

दोस्रो सेटमा नेपालले सुरुवातमा नै ७–० को फराकिलो अग्रता बनाएको थियो। दोस्रो सेट नेपालले २५–१६ ले आफ्नो पक्षमा पार्‍यो। 

प्रतिस्पर्धात्मक तेस्रो सेटमा नेपालले एक समय ४–० को अग्रता बनाए पनि इरानले ९–८ को अग्रता बनायो। तर नेपालले १०–१० को बराबरी गर्दै खेलमा फर्किने संकेत गरेको थियो। त्यसपछि नेपालले लगातार चार अंक जोड्दै १४–१० को अग्रता बनायो। तर नेपालले लगातार अंक गुमाउन पुग्यो। तेस्रो सेट इरानले २५–२३ आफ्नो पक्षमा पार्‍यो। 

चौथो सेट भने २५–१५ ले नेपालले आफ्नो पक्षमा पार्दै खेललाई पाचौँ सेटमा पुर्‍यायो। पाँचौ तथा अन्तिम सेटमा नेपालले केही गल्ती गर्दा खेल १५–१३ ले गुमाउदा लिगमा पहिलो हार व्यहोर्न पुग्यो। 

लिग चरणको अन्तिम खेलमा नेपालले सोमबार मालदिभ्ससँग खेल्नेछ। 

समान ७ अंक भएको भारत शीर्ष र इरान दोस्रो स्थानमा छ। ६ अंक भएको नेपाल तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको श्रीलंकाको ४ अंक छ। लिगको शीर्ष र चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच सेमिफाइनल खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .