ad ad

खेल


दोस्रो एकदिवसीय खेलमा श्रीलंकासँग हार्‍यो भारत

दोस्रो एकदिवसीय खेलमा श्रीलंकासँग हार्‍यो भारत

नेपालखबर
साउन २१, २०८१ सोमबार ६:३९, काठमाडौँ

श्रीलंकाले दोस्रो एकदिवसीय खेलमा भारतलाई ३२ रनले हराएको छ।

आइतबार भएको दोस्रो एकदिवसीय खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। 

पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा २ सय ४० रन बनायो। भारतलाई जितका लागि २४१ रनको लक्ष्य थियो।

श्रीलंकाका लागि अविष्का फर्नान्डो र कामिदु मेन्डिसले सर्वाधिक ४० रन बनाए।

भारतका लागि वासिङ्टन सुन्दर सर्वाधिक सफल बलर बने। वासिङ्टन सुन्दरले तीन विकेट लिए।

लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात राम्रो थियो। कप्तान रोहित शर्मा र ओपनर शुभमन गिलबीच ९७ रनको साझेदारी भयो।

रोहित शर्माले ६४ रनको इनिङ खेले। निर्धारित ५० ओभरमा भारतीय टोलीले सबै विकेट गुमाए पनि ५० रन मात्र बनाउन सक्यो।

तर रोहित आउट भएपछि भारतको विकेट नियमित अन्तरालमा गिर्दै गयो र भारतीय टोली २०८ रनमा अलआउट भयो।

भारतीय टोली हाल श्रीलंका भ्रमणमा छ, जहाँ उसले तीन एकदिवसीय खेलको शृंखला खेलिरहेको छ।

यो शृङ्खलाको पहिलो खेल बराबरी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .