ad ad

खेल


महिला लिगको उद्घाटन खेलमा चौदण्डीगढी र चन्द्रपुर नगरपालिका भिड्ने

महिला लिगको उद्घाटन खेलमा चौदण्डीगढी र चन्द्रपुर नगरपालिका भिड्ने

नेपालखबर
फागुन २२, २०७६ बिहिबार १३:५९,

उप–मेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चौदण्डीगढी नगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने भएका छन्।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। महिला लिग ३ चरणमा हुनेछ। पहिलो चरणको खेलहरु आगामी चैत्र ३ देखि १३ गतेसम्म धरान रगंशालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। 

दोस्रो चरणका खेलहरु आगामी वैशाख साताबाट काठमाडौ र तेस्रो चरणका खेलहरु जेठ तेस्रो साताबाट विराटनगरको शहिद रगंशाला फुटबल मैदानमा गर्ने तयारी एन्फाले जनाएको छ।

प्रतियोगितामा सबै टोलीले ४ जना विदेशी खेलाडी राख्न सक्नेछन्। सबै टोलीले एक खेलमा ४ जना विदेशी खेलाडी नै मैदान उतार्न सक्ने एन्फा महिला कमिटी अध्यक्ष पेमा लामाले जानकारी दिईन्। अहिले प्रायः जसो टोलीमा भारतीय खेलाडी राख्ने तयारी भएको लामाले बताईन्। टोलीमा ४ विदेशी सहित २३ खेलाडी दर्ता गर्न सक्ने एन्फाले जनाएको छ।

प्रतियोगितामा विराट महानगरपालिका विराटनगर, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङ्जा, चौदण्डीगडी नगरपालिका उदयपुर, एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीले स्पर्धा गर्नेछन्। ३ विभागीय टोलीले सिधैमा स्पर्धा गर्न लाग्दा ४ नगरपालिकाले भने गत महिना रौतहटको चन्द्रपुरमा भएको उपमेयर राष्ट्रिय महिला फुटबलबाट छनोट भएका थिए।

डबल राउण्ड रोबिनमा हुने लिगमा ७ टोलीले ४२ खेल खेल्नेछन्। प्रतियोगिताका विधागततर्फका उत्कृष्ट ५ खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन्। लिगको विजेताले १५ लाख, दोस्रोले ८ लाख तथा तेस्रो हुनेले ५ लाख रुपैयाँ पाउनेछन्। चौथो हुने टोलीले ३ लाख तथा फेयर प्ले टिमले १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिता सहभागी टोलीलाइ तयारी खर्च स्वरुप १–१ लाख रुपैयाँ दिने एन्फाले जनाएको छ। प्रतियोगिता गर्न १ करोड बत्तिस लाख ५४ हजार ४ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

mahila-league-talika.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .