ad ad

खेल


आईसीसी विश्वकप लिग २:  नेपाल आज घरेलु टोली क्यानडासँग भिड्दै

अघिल्लो खेल क्यानडासँगै हारेको नेपाल जित्नैपर्ने दबाबमा
आईसीसी विश्वकप लिग २:  नेपाल आज घरेलु टोली क्यानडासँग भिड्दै

फाइल तस्बिर


नेपालखबर
असोज ६, २०८१ आइतबार ११:३८, काठमाडौँ

ओमान सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत आज (आइतबार) घरेलु टोली क्यानडा र नेपाल भिड्दैछन्। क्यानडाको किंग सिटीमा हुने खेल राति पौने ९ बजे सुरु हुनेछ। 

सिरिजका अघिल्ला दुई खेलमा पराजित भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आजको खेलमा जित्नै पर्ने दबाबमा छ। 

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १ सय ३ रनले पराजित भएको थियो। क्यानडाविरुद्ध नेपालको बलिङ र ब्याटिङलाइन चल्न नसक्दा नेपालले फराकिलो हार भोगेको थियो। 

जुन हार क्यानडाविरुद्ध ओडीआई इतिहासमा नेपालले पहिलो पटक भोगेको हो। 

नेपाली टोली आजको खेलमा सो हारको बदला लिने योजनामा हुनेछन्।

जारी सिरिजमा खराब प्रर्दशन गरिरहेको नेपाली टोली आज पहिलो जितको खोजीमा मैदान उत्रिदैछ। यद्यपी उच्च मनोबलमा रहेको क्यानडाविरुद्ध नेपालका लागि त्यति सहज भने हुनेछैन। 

उता सिरिजको पहिलो खेलमा नेपाललाई पराजित गरेको क्यानडा भने लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा छ। घरेलु समर्थक र घरेलु मैदानमा क्याडनडा नेपालविरुद्ध उच्च मनोबलमा देखिएको छ। 

सिरिजको दोस्रो खेलमा भने नेपाल ओमानसँग १ विकेटले पराजित भएको थियो। 

ओमानविरुद्ध नेपालका शीर्षक्रमका ब्याटर सजिलै पेभेलियन फर्कदा नेपाल दबाबमा आएको थियो। यद्यपी कप्तान रोहित पौडेल र गुल्सन झा क्रिजमा टिक्दा नेपालले सम्मानजनक योगफल तयार पारेको थियो।

गुल्सन एक्लैले ५ विकेट लिए पनि नेपाली टोलीको टार्न सकेनन्। 

लिग २ का ६ खेल मध्य १ खेलमा मात्र जित निकालेको नेपाल २ अंकसहित अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। 

समान खेलबाट २ खेलमा जित, ३ खेलमा हार र एक खेल रद्द हुँदा ५ अंकमा ओमान तालिकाको छैटौँ स्थानमा छ। 

१० खेलमा ६ खेलमा जित र ४ खेलमा हार भोगेको क्यानडा भने १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। 

लिग २ मा सहभागी ८ टोलीले होम एण्ड अवेका आधारमा ३६ ओडीआई खेल खेल्नेछन्। अंक तालिकाको शीर्ष चारमा रहने टोलीले सन् २०२७ मा हुने विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउनेछन्। 

सिरिजपछि नेपाली टोलीले यही टोलीसँग टी–२० आई सिरिज खेल्नेछ। 

त्यसपछि स्कटल्यान्ड र अमेरिका सम्मिलित टोलीसँग लिग–२ अन्तर्गत कै त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली उतैबाट अमेरिका प्रस्थान गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .