ad ad

खेल


टोकियो ओलम्पिकबारे निर्णय गर्न आईओसीले लियो चार साताको समय

टोकियो ओलम्पिकबारे निर्णय गर्न आईओसीले लियो चार साताको समय

नेपालखबर
चैत १०, २०७६ सोमबार ७:५७,

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले जापानमा हुने टोकियो ओलम्पिक २०२० सार्ने तयारी गरेको छ।

कोरोना भाइरसका कारण विश्व आक्रान्त बनिरहेको समयमा आईओसीले ओलम्पिक स्थगित गर्ने वा केही महिनापछि गर्ने भन्ने विषयमा निर्णय गर्न चार हप्ताको समय लिएको छ।

आईओसीका अध्यक्ष थोमस वाचले तत्काल ओलम्पिक स्थगित गर्ने निर्णय नभएको बताउँदै स्थगित गर्नु मात्रै समस्याको समाधान नहुने उल्लेख गरे। त्यसका लागि चार साताको समय लिइएको उनले प्रस्ट पारे।

विश्वभरका एथ्लेटिक्स संघ र राष्ट्रिय ओलम्पिक कमिटीको दबाबबीच आईओसीको कार्यकारी बोर्डको आइतबार बसेको बैठकले तत्काल ओलम्पिक स्थगित गर्ने समय नरहेको र यसका लागि चार साताको समय लिइएको बताएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .