ad ad

खेल


ओलम्पिक स्थगित नभए क्यानडाले खेलाडी नपठाउने

ओलम्पिक स्थगित नभए क्यानडाले खेलाडी नपठाउने

नेपालखबर
चैत १०, २०७६ सोमबार ७:५८,

जापानमा हुने टोकियो ओलम्पिक २०२० स्थगित नभए क्यानडाले आफ्ना खेलाडी नपठाउने जनाएको छ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै क्यानडाको ओलम्पिक कमिटीले जापानलाई ओलम्पिक एक वर्षपछि सार्न अनुरोध समेत गरेको छ।

यदि ओलम्पिक तोकिएको मितिमा भए आफ्ना खेलाडीले सहभागिता नजनाउने क्यानडाले बताएको हो। टोकियो ओलम्पिक स्थगित नगरे आफ्ना खेलाडी नपठाउने घोषणा गर्ने जापान पहिलो देश हो।

यसैबीच अष्ट्रेलियन टोलीले पनि टोकियो ओलम्पिकमा आफ्नो सहभागिता नरहने जनाउँदै खेलाडीहरुलाई २०२१ को लागि तयारी गर्न आग्रह गरेको छ।

टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .