ad ad

खेल


कीर्तिमानी खेलाडी सविता-किशोरद्वारा मजदुरलाई राहत

कीर्तिमानी खेलाडी सविता-किशोरद्वारा मजदुरलाई राहत

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ९:६,

एसियाली खेलकुदमा रजत पदक विजेता तेक्वान्दोकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पीडित परिवारलाई मंगलबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ।

सवितासहित उनका श्रीमान किशोर श्रेष्ठको सहयोगमा काठमाडौं महानगरपालिका वडा ११ का २ सय पीडित परिवारलाई राहत प्रदान गरिएको हो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले पीडित वर्गको पहिचान गर्दै सम्बन्धितलाई वितरण गर्ने गरी वडा अध्यक्ष हीरालाल तण्डुकारलाई राहत सामाग्री हस्तान्तरण गरे।

सविताले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा रजत जितेकी थिइन्। एसियाली खेलकुदमा कुनैपनि नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा जितेको यो एक मात्र रजत पदक पनि हो। टिम स्पर्धामा भने नेपालले प्याराग्लाइडिङमा रजत जितेको छ।

सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालले पुरुष टिम क्रस कन्ट्रीमा रजत जितेको थियो। सविताका श्रीमान किशोरले पनि सन् १९९८ कै बैंकक एसियाडको तेक्वान्दोमा कास्य जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .