रोनाल्डोको नजरमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी हालका नंबर एक फुटबलर हुन्।
उनले मेस्सीकै जस्तो गुण भएको खेलाडी जन्मन धेरै समय लाग्ने पनि बताएका छन्।
मेस्सीसँगै मोहम्मद सलाह, ह्याजार्ड, नेमार र एमबाप्पे पनि आफूलाई मनपर्ने रोनाल्डोले बताए।
रोनाल्डोले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन्।
रोनाल्डो नाजेरियोले २१ वर्षको उमेरमा सन् १९९६ मा बालुन डि’ओर अवार्ड हात पारेका थिए।
सानो उमेरमै बालुन डि’ओर जित्ने रोनाल्डो नाजेरियोको यस रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन।
लियोनल मेस्सीले २२ वर्ष तथा क्रिस्टियानो रोनाल्डोले २३ वर्षको उमेरमा बालुन डि’ओर हात पारेका थिए।
नाजेरियोले सन् २००२ मा ब्राजिललाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। एजेन्सी
प्रतिक्रिया