ad ad

समाज


दार्चुलाका सबै कोरोना संक्रमित निको भए, एक सातायता नयाँ केस भेटिएन

दार्चुलाका सबै कोरोना संक्रमित निको भए,  एक सातायता नयाँ केस भेटिएन

गोकुल जोशी
असार २४, २०७७ बुधबार ६:५,

दार्चुलाका कोरोना संक्रमित २० जना डिस्चार्ज भएका छन्।

दार्चुलामा अहिलेसम्म संक्रमण पुष्टि भएका २० जना सबै घर फर्किएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड–१ढ फोकल पर्सन वीरेन्द्र भट्टले बताए। उनका अनुसार दार्चुलामा एक सातायता नयाँ संक्रमित फेला परेका छैनन्।

१४ दिनको आइसोलेसन वा क्वारेन्टाइन बसाइपछि संक्रमण र लक्षण नदेखिएका सबैलाई घर पठाइएको हो। एक सातादेखि दार्चुला निसंक्रमित छ।

दार्चुलाका २० जनामा संक्रमण देखिएको थियो। शैल्यशिखर नगरपालिकाका १५, महाकाली नगरपालिकामा दुई, लेकम गाउँपालिकामा दुई र दुहुँ गाउँपालिकामा एकजनामा संक्रमण पुष्टि भएको थियो। उनीहरु डिस्चार्ज भएर घर फर्किएका हुन्।

१९१ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .