ad ad

खेल


चार दिने टेस्ट उपयुक्त नरहेको भारतीय क्रिकेट बोर्डका अध्यक्ष गाँगुलीको भनाई

चार दिने टेस्ट उपयुक्त नरहेको भारतीय क्रिकेट बोर्डका अध्यक्ष गाँगुलीको भनाई

नेपालखबर
असार २४, २०७७ बुधबार १०:५६,

क्रिकेटको विश्व निकायले टेस्ट क्रिकेटलाई पाँच दिनबाट चार दिनमा सीमित गर्नेगरी प्रस्ताव गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले सन् २०२३ देखि लागू हुनेगरी टेस्ट क्रिकेटलाई चार दिनमा सीमित गर्न प्रस्ताव गरेको हो।

विगतमा दक्षिण अफ्रिका र मोजाम्बिक तथा इङ्ल्यान्ड र आइरल्यान्डबीच अन्तर्राष्ट्रिय मान्यताप्राप्त चार दिने टेस्ट खेल भइसकेका छन्। तर भारतीय क्रिकेट बोर्डले आइसीसीको उक्त धारणाको विरोध गर्दै आएको छ।

भारतीय क्रिकेट बोर्डले आयोजना गरेको अनलाइन छलफलमा गाँगुलीले भने, “मलाई चार दिने टेस्ट खेलमा त्यति रुची छैन किनभने मेरो विचारमा अधिकांश टेस्ट खेलको नतिजा चार दिनमा आउँदैन।”

उनले खेल चार दिनमा सीमित भएपछि खेल्ने शैलीमै परिवर्तन आउने बताए। पाँच दिने टेस्ट खेल निकै प्रतिस्पर्धात्मक र उत्कृष्ट रहेको गाँगुलीको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .