ad ad

खेल


राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभालाई कोषले दियो २ लाख सहयोग

राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभालाई कोषले दियो २ लाख सहयोग

नेपालखबर
साउन ५, २०७७ सोमबार ८:४५,

राष्ट्रिय भलिबल टोलीकी ओपन स्पाइकर प्रतिभा मालीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले आर्थिक सहयोग गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत रहेको कोषले ब्याज रकमबाट प्रतिभालाई २ लाख रुपैयाँ सहयोग गरेको हो। कोषले ब्याज रकमबाट खेलाडीलाई आर्थिक सहयोग गर्दै आएको छ।

प्रतिभाले फिजियो गराउँदै आएकी ग्वार्कोस्थित अर्थोप्लान्टमै पुगेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले चेक हस्तान्तरण गरेका हुन्।

माघमा एनभीए कप क्लब च्याम्पियनसिपमा एपीएफसँगको फाइनल खेलको दौरान प्रतिभाको घुँडामा चोट लागेको थियो। त्रिपुरेश्वरस्थित ब्लुक्रसमा उनको घुँडाको शल्यक्रिया गरिएको थियो। अहिले उनले अर्थोप्लान्टमा फिजियो गराउँदै आएकी छिन्।

प्रतिभाको उपचारका लागि राखेपले यसअघि नै ५ लाख रुपैयाँभन्दा बढी उपलब्ध गराएको थियो। त्यस्तै भलिबल संघका पदाधिकारीले पनि व्यक्तिगत रुपमा सहयोग गरेका थिए। उपचार खर्च नपुगेका कारण प्रतिभाले कल्याणकारी कोषमा दिएको निवेदनका आधारमा सहयोग गरिएको कोषका सदस्यसचिव समेत रहेका खेलाडी संघका अध्यक्ष श्रेष्ठले बताए।

खेलकुद विकास ऐन लागू हुनुअघि नै कोषको बैठकले प्रतिभालाई सहयोग गर्ने निर्णय गरेअनुरुप रकम हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .