ad ad

खेल


लालिगाका अध्यक्षलाई पत्र लेख्दै मेस्सीका बुबाले भनेः ८२ करोड डलरको सम्झौता लागू हुँदैन

लालिगाका अध्यक्षलाई पत्र लेख्दै मेस्सीका बुबाले भनेः ८२ करोड डलरको सम्झौता लागू हुँदैन

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १३:५१,

बार्सिलोना फरवार्ड लियोनल मेस्सीका बुबा होर्खे मेस्सीले बार्सिलोनासँग उनको छोराको ८२ करोड डलरको सम्झौता लागू नहुने बताएका छन्।

छोराका एजेन्टको काम समेत गर्दै आएका होर्खेले ला लिगाका अध्यक्ष हाभियर तेबासलाई पत्र लेख्दै यस्तो बताएका हुन्।

मेस्सीले बार्सिलोना छोड्न चाहेको बताएपछि लालिगाले बार्सिलोना र मेस्सीबीचको ७० करोड युरो अर्थात ८२.३ करोड डलरको रिलिज क्लज लागू हुने बताएको थियो।

अर्थात् बार्सिलोनाको सहमतिबिनै मेस्सीलाई किन्न चाहने क्लबले सो रकम तिर्नुपर्ने अडान लालिगाले लिएको थियो।

‘लालिगाले कुन सम्झौता विश्लेषण गरेको हो हामीलाई थाहा छैन,’ होर्खेले भनेका छन्, ‘लालिगाले पक्कै पनि गल्ती गरेको छ।’

सन् २०१९–२० सिजन समाप्तिमा खेलाडीले एकपक्षीय रुपमा सम्झौता तोड्न सक्ने व्यवस्था भएको उनको तर्क छ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखसँग बार्सिलोना ८–२ ले पराजित भएपछि मेस्सीले क्लब छाड्ने घोषणा गरेका थिए। यससँगै उनी इंग्लिस प्रिमियर लिगको म्यान्चेस्टर सिटी जाने अनुमान गर्न थालिएको थियो। तर, मेसीको सम्झौतालाई लिएर अहिले क्लब र उनीबीच चर्को द्वन्द्व चलेको छ।

बार्सिलोनाले भने उनको सम्झौता लम्ब्याउन मात्र छलफल हुनसक्ने बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .