ला लिगालाई जवाफ फर्काएसँगै लियोनल मेस्सी र बार्सिलोनाबीच रिलज क्लज(खेलाडीका लागि तोकिएको पैसा)का विषयमा झनै तनाव बढ्ने संकेत देखिएको छ।
मेस्सीका तर्फबाट उनका बुबा तथा एजेन्ट होर्खेे मेस्सीले एक विज्ञप्ति जारी गर्दै ला लिगालाई बार्सिलोनाले तोकेको ७ सय मिलियन यूरो रिलिज क्लज रुपैयाँ अवैधानिक भएको बताएका छन।
अघिल्लो हप्ता ला लिगाले बार्सिलोनालाई सहयोग पुग्ने गरि रिलिज क्लब नतिरेसम्म मेस्सीले क्लब छाड्न नसक्ने जनाएको थियो।
बार्सिलोनाले मेस्सीले लिन चाहने क्लबले उनको रिलिज क्लब ७ सय मिलियन तिर्नुपर्ने अडान राखेको छ भने मेस्सीले सम्झौता अनुसार सिजनको अन्त्यमा फ्रि टान्सफरमा जान पाउनुपर्ने माग राखेका छन।
यो पनि: सजिलो छैन मेस्सीलाई बार्सिलोनाबाट उम्कन, यस्तो छ कानुनी झमेला
मेस्सीका बुबा जोर्गीले पनि विज्ञप्ति जारी गर्दै सिजनको अन्त्यमा छाड्ने निर्णय गर्दा फ्रि टान्सफरमा जान पाउने सम्झौता भएकाले ला लिगाले गरेको निर्णय अवैधानिक भएको बताएका हुन।
ला लिगालाई शुक्रबार पठाइएको पत्रमा मेस्सीका बुबाले बार्सिलोनासँगको सम्झौतामा फ्रि टान्सफरमा जान पाउने कुनै मिति नतोकेर सिजनको अन्त्यमा जान पाउने उल्लेख भएको बताएका छन।
यो पनि: बार्सिलोनाबाट बिदा हुन लागेका मेस्सीका १० उत्कृष्ट क्षण
प्रतिक्रिया