ad ad

खेल


राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले पाए गत वर्षको तलब

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले पाए गत वर्षको तलब

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ८:२१,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले सन् २०१९ को तलब पाएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका ३ श्रेणीका २२ खेलाडीलाइ तलब पठाएको हो। खेलाडीहरुले नियमित पाउँदै आएको तलबमा १० हजार रुपैयाँ बढेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले खेलाडीका लागि तलब पठाएपछि क्यानले तलब वितरण गरेको हो।

ए श्रेणीमा रहेका खेलाडीले ४५ हजार, बी श्रेणीका खेलाडीले ३५ र सी श्रेणीका खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

यसअघि ए श्रेणीका खेलाडीले ३५, बी श्रेणीकाले २५ र सी श्रेणीकाले १५ हजार रुपैयाँ पाउँदै आएका थिए।

ए ः ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करन केसी,सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी

बीः अविनाश बोहोरा, आरिफ शेख, वसन्त रेग्मी, ललित नाराएण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप जोरा, सुसान भारी,

सीः इसान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदिप ऐरि, राजु रिजाल, रसिद खान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .