स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ।
खेलको पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० को सहज जित निकालेको हो।
जितसँगै बार्सिलोनाको दुई खेलबाट ६ अंक जोडेर बार्सिलोना पाँचौँ स्थानमा उक्लिएको छ। सेल्टा ५ अंकमा ११औँ स्थानमा छ।
एवान्का बलाईडोस भिगोमा गएराति भएको खेलमा युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल गर्दा एक गोल उपहार पायो।
खेलको ११औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। १७ वर्षीय फातीले लालिगामा १० गोल गरिसकेका छन्।
खेलको ५१औं मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–० को अग्रता लिएको थियो। इन्ज्युरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए।
गएराति नै भएको खेलमा काडिजले एथ्लेटिको बिल्वाओलाई तथा सेभियाले लेभान्टेलाई समान १–० ले पराजित गर्दै ३ अंक पाएका छन्।
प्रतिक्रिया