अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्सविरुद्ध ३–० को सहज जित निकालेको छ।
बिहीबार राति भएको खेलको २६ औं मिनेटमा इंग्ल्याण्डका डेब्यू खेलाडी डोमिनिक काल्र्भट लिवेनले गोल गर्दै अग्रता दिलाए।
यस सिजनमा राम्रो लयमा रहेका लिवेनले एभर्टनका लागि दुई ह्याट्रिक गरिसकेका छन।
इंग्ल्याण्डका लागि डेब्यू खेलमा गोल गर्ने लिवेन १८८औं खेलाडी बने।
५३ औं मिनेटमा कोनर क्याडी र ६३ औं मिनेटमा ड्यानी इंग्सले थप दुई गोल थपे।
इंग्ल्याण्डले वेल्समाथि यो लगातार छैटौं खेलमा जित निकालेको हो।
प्रतिक्रिया