राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विज्ञप्ति जारि गर्दै नोभेम्बर दोस्रो साता हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट प्रशिक्षणका लागि स्वीकृति समेत प्राप्त गरेको छ।
दुवै खेल नोभेम्बर ११–१९ को अन्तर्राष्ट्रिय खेल विन्डोमा सञ्चालन हुनेछ। दुवै खेल बंगलादेशमा नै हुने तयारी रहेको छ।
यसअघि नेपालले फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गतको खेलका लागि खेलाडीको पीसीआर परिक्षण समेत गरिएको थियो। तर कोरोना संक्रमणका कारण खेल स्थगित भएपछि एन्फाले प्रशिक्षण पनि बन्द गरेको थियो।
33
Shares
प्रतिक्रिया