ad ad

खेल


जडेजाको छक्काले बिग्रियो कोलकत्ताको खेल, चेन्नाईको जित

जडेजाको छक्काले बिग्रियो कोलकत्ताको खेल, चेन्नाईको जित

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार १:५५,

आइपीएल अन्तर्गत बिहीबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्यो।

रवीन्द्र जडेजाले अन्तिम दुई बलमा दुई छक्का प्रहार गरेपछि कोलकत्ताले दिएको १७३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ४ विकेट गुमाएर लक्ष्य भेटायो।

चेन्नाईको जितमा एकपटक फेरि ऋतुराज गायकवाडले ७२ रनको अहम पारी खेले। यो उनको लगातार दोस्रो अर्धशतक हो।

अन्तिम बलमा जितका लागि एक रन आवश्यक हुँदा छक्का प्रहार गरेका जडेजाले ११ बलमा ३ छक्का र २ चौकासहित ३१ रनको नटआउट पारी खेले।

यो हारसँगै कोलकत्ताको प्लेअफ सम्भावना लगभग सकिएको छ। प्लेअफबाट यसअघि नै बाहिरिसकेको चेन्नाईको भने यो लगातार दोस्रो जित हो। Image

कोलकत्ताको हारसँगै शीर्षमा रहेको मुम्बई इन्डियन्सले भने प्लेअफमा स्थान पक्का गरेको छ। अर्कातिर चौथो स्थानमा रहेको किंग्स एलेभेन पन्जाबलाई पनि कोलकत्ताको हारले फाइदा पुगेको छ।

१३ खेलमा सात खेल हारेको कोलकत्ता १२ अंकका साथ पाँचौं स्थानमा छ। पन्जाबको १२ खेलमा १२ अंक छ। पन्जाब चौथो स्थानमा छ।

कोलकत्ताको नितेश रानाले ६१ बलमा १० चौका र ४ छक्कासहित ८७ रन जोडे। यस्तै शुभमन गिलले २६, इयोन मोर्गनले १५, दिनेश कार्तिकले २१ रन जोडेपछि उसले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो।

जवाफमा गाइकाडले ५३ बलमा ६ चौका र २ छक्कासहित ७२, अम्वात्ती राइडूले २० बलमा ५ चौका र १ छक्कासहित ३८ रन जोडेपछि चेन्नाईले लक्ष्य भेट्टायो। चेन्नाई अंकतालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .