बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ।
खेलाडीहरुलाई आज बुधबार काठमाडौंको दशरथ रगंशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश कुमार शिलवालले बिदाइ गरे।
टोलीलाई सदस्यसचिव सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतको टोलीले बिदाइ गरेको हो। टोलीलाई बिदाइ गर्दै फरवार्ड भरत खवास र गोलरक्षक किरण चेम्जोङलाई नेपालको राष्ट्रिय झन्डा संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो।
बंगलादेश जाने टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन्। चोटका कारण रोहित चन्दले बगंलादेशसँगको खेल गुमाउँदा अन्या ७ खेलाडीले कोरोना भाइरसको सक्रमणको कारण मैत्रीपुर्ण खेल गुमाउने छन्।
बगंलादेशसँगको खेलका लागि २५ खेलाडी र सात अफिसियलको घोषणा गरिएको छ। टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन मोक्तान, जर्जप्रिस कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदावे, सुवास गुरुङ,सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन्।
प्रतिक्रिया