ad ad

खेल


‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु

‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु

नेपालखबर
पुस ५, २०७७ आइतबार १३:४६,

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबारदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ खेलकुद प्रतियोगिता सुरु भएको छ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले भलिबलका अन्तर्राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी निरीक्षक विजयकुमार केसीलाई खेलकुद सामग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको सुभारम्भ गरेका थिए।

सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणबाबु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरु, विभिन्न खेलकुद संघसंस्थाका प्रतिनिधि एवं खेलाडीहरु तथा एपीएफ अधिकृत जवानहरुको उपस्थिति रहेको थियो।

प्रतियोगिता यही पुष ७ गतेसम्म नेपाल एपीएफ रंगशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुनेछ।

फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’मा १८ जना महिलासहित कूल २ सय ७० जना खेलाडीहरुको सहभागिता रहेको छ।

प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ।

सो प्रतियोगिताको आज भएको एथलेटिक्स ८ सय मिटर पुरुषतर्फको दौडमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान मंगल थारु प्रथम भएका छन् भने महिला ५ सय मिटर दौडमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थकी सशस्त्र प्रहरी जवान आशा रावत प्रथम भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .