ad ad

राजनीति


राजीनामालगत्तै वर्षमानले छाडे मन्त्रीनिवास, गाडी पनि बुझाए

राजीनामालगत्तै वर्षमानले छाडे मन्त्रीनिवास, गाडी पनि बुझाए

नेपालखबर
पुस ५, २०७७ आइतबार १३:५३,

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीबाट राजीनामा दिएलगत्तै वर्षमान पुनले सरकारी गाडी मन्त्रालयलाई बुझाएका छन्।

आइतबार दिउँसो प्रधानमन्त्री संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै पुनसहित सत्तारुढ दलकै सात मन्त्रीले राजीनामा दिएका थिए।

राजीनामा दिएलगत्तै पुनले आफूले चढ्दै आएको सरकारी गाडी मन्त्रालयमा बुझाएर निजी गाडीमा बाहिरिएको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

उनले आजै मन्त्रीनिवास छाड्ने तयारी भइरहेको जानकारी दिए। मन्त्रीबाट राजीनामा दिएलगत्तै निवासको नीजि सामान डेरामा सार्ने काम भइरहेको र आजै मन्त्रीनिवास छाड्ने तयारी भइरहेको उनले जानकारी दिए।

‘मन्त्री हुनुअघि उहाँको बालुवाटारमा डेर थियो, त्यही डेरामा सामान सार्ने काम भइरहेको छ’, प्रेस संयोजक निधिले नेपालखबरसँग भने, ‘आजबाटै उहाँ डेरामा बस्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .