ad ad

खेल


पारस दशकको उत्कृष्ट खेलाडीको मनोनयनमै सीमित, कोट्जरले जिते अवार्ड

पारस दशकको उत्कृष्ट खेलाडीको मनोनयनमै सीमित, कोट्जरले जिते अवार्ड

नेपालखबर
पुस १२, २०७७ आइतबार १०:४४,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को पुरुष एसोसिएट प्लेयर अफ द डिकेड (दशकको उत्कृष्ट) अवार्ड स्कटल्यान्डका कप्तान काइल कोट्जरले पाएका छन्।

यो अवार्डमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का पनि मनोनयनमा परेका थिए। मनोनयनमा परेपनि पुर्वकप्तान खड्का सो अवार्ड जित्न असफल रहे।

आइसीसीले आज प्लेयर अफ द डिकेड अवार्ड कोट्जरले जितेको घोषणा गरेको हो। कोट्जरको कप्तानीमा स्कटल्यान्डले सन् २०१८ मा इंग्ल्यान्डलाई हराएको थियो।

No description available.

आइसीसी एसोसिएट प्लेयर अफ द डिकेट अवार्डमा नेपालका पुर्व कप्तान पारस खड्कासँगै, कोट्जर, कलुम म्याक्लेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचिमा परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .