ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेट छनौट खेलमा रुपन्देही विजयी

प्रधानमन्त्री कप क्रिकेट छनौट खेलमा रुपन्देही विजयी

प्रकाश न्यौपाने
पुस २४, २०७७ शुक्रबार १३:२७,

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनौट खेल शुक्रबारबाट रुपन्देहीको भैरहवामा सुरु भएको छ। भैरहवास्थित सिद्धार्थ रंगशालामा आजबाट सुरु भएको एक दिवसीय क्रिकेट प्रतियोगितामा रुपन्देहीले नवलपरासी जिल्लालाई एक सय ६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर पहिला ब्याटिङ्ग रोजेको रुपन्देहीले पाँच विकेटको क्षतीमा दुई सय १३ रन बनायो। जसमा सन्दिप सुनारले ५९, देव खनालले ४७ र प्रकाश केसीले अविजित ४४ रन जोडेका थिए। बलिङ्गतर्फ नवलपरासीका अजित यादवले दुई, जितेन्द्र साहानी र गया साहानीले एक–एक विकेट लिए।

जवाफमा व्याटिङ्ग गर्न आएको नवलपरासीलाई सस्तैमा रोक्न विक्रम भुसालले पाँच विकेट लिएका थिए। त्यस्तै नितेश थापाले तीन र अनिल खरेलले दुई विकेट लिए। नवपरासीका अमर रसाइलीले १४ रन बनाए पनि अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। म्यान अफ दि म्याच रुपन्देहीका विक्रम भुसाल भए।

भोली रुपन्देही र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष प्रशान्त बिक्रम मल्लले गरेका थिए।

गु्रप (ए) अन्तरगत रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासीका खेलहरु भैरहवामा सुरु भएको हो। गु्रप (बी) अन्तर्गत बाँके, दाङ र बर्दिया जिल्लाका खेलहरु दाङको देउखुरीमा पुष २६ बाट सुरु हुनेछ। नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापन पछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाण्डौमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .