अर्जेन्टिना र चिलीले बराबरी गर्दै कोपा अमेरिका अन्तर्गत समूह चरणको खेलमा अंक बाँडेका छन्।
गएराति भएको खेलमा अर्जेन्टिना र चिलीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीको फ्रिकिक गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा एक शुन्यले अग्रता बनाएको अर्जेन्टिना दोस्रो हाफमा सम्हालिन नसक्दा गोल खान पुग्यो। पहिलो हाफमा एक शुन्यले पछि परेको चिलीले दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो।
खेलको ५७ औं मिनेटमा एडुआर्डो भार्गासले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पेनाल्टी क्षेत्रभित्र निकोलसले आर्टुरो भिडाललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
भिडाल आफैंले गरेको पेनाल्टीलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले विफल पारेपनि रिबाउन्डमा आएको बललाई एडुआर्डोले जाली चुमाएका थिए।
समूह ए कै अर्को खेलमा पाराग्वेले बोलिभियालाई ३–१ गोल अन्तरले पाखा लगाएको छ।
प्रतिक्रिया