टोक्यो ओलम्पिकका लागि ९० प्रतिशत बेलायती खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाएको ओलम्पिक सुरु हुँदासम्म लगाइसक्ने भएका छन्।
ब्रिटिश ओलम्पिक एसोसिएसन (बीओए) का कार्यकारी प्रमुख एन्डी एन्सोनले अर्को महिना सुरु हुने ओलम्पिकका लागि ९० प्रतिशत खेलाडीहरुले दुवै चरणका खोप लगाइसक्ने बताए।
बाँकी १० प्रतिशत खेलाडीहरुलाई खोप लगाउनका लागि आग्रह गरिरहेको उनको भनाइ छ।
उनले थपे, ‘कोरोनाविरुद्धको खोप लगाउने नलगाउने यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो, त्यसलाई हामी सम्मान गर्छौँ।’
उनका अनुसार केही खेलाडीहरुलाई यात्राको कारण पनि खोप लगाउनका लागि गाह्रो हुनेछ।
‘तर हामी अन्तिम समयसम्म प्रयास गर्नेछौँ कि उनीहरुले कम्तीमा पनि एक डोज भए पनि खोप लगाऊन्’, उनले भने।
कोरोना भाइरसको महामारीको कारण सन् २०२० का लागि तय टोक्यो ओलम्पिक सरेको थियो।
कोरोना भाइरसको महामारीकै बीचमा ओलम्पिक आगामी २३ जुलाईबाट सुरु हुँदै छ।
विज्ञहरुका अनुसार सुरक्षित रुपमा खेल आयोजना गर्नका लागि दैनिक १ सयभन्दा कम संख्यामा संक्रमण दर हुनुपर्नेछ।
त्यहाँका स्वास्थ्य निकायहरुले गत जुन २३ मा ६ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। पछिल्लो सात दिनमा ४ सय २३ नयाँ संक्रमित थपिएका थिए।
टोक्यो ओलम्पिकमा ब्रिटिश ओलम्पिक एसोसिएसनले ३ सय ७० जना खेलाडी पठाउँदै छ।
Shares
प्रतिक्रिया