युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले अर्को सिजनदेखि क्लब फुटबल प्रतियोगितामा अवे गोलको नियम हटाएको छ।
यूईएफएको क्लब प्रतियोगिता समितिले गरेको अवे गोलको नियम हटाउने प्रस्तावलाई कार्यसमितिको बैठकले स्वीकृत गरेको हो।
सन् १९६५ देखि अवे गोलको नियम प्रयोगमा आएको थियो।
अवे गोलको नियम हटेसँगै अब खेल बराबरी भएको अवस्थामा अतिरिक्त समय र टाइब्रेकरमा धकेलिनेछ।
यूईएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले भने, ‘लामो छलफलपछि यो निर्णय गरिएको हो। यसअघि प्रतियोगितामा अवे गोल महत्त्वपूर्ण रहँदै आएको थियो।’
यो नियमले होम गेम र अवे गेममा देखिने केही भिन्नततालाई पनि कम गर्नेछ भने घरेलु मैदानमा हुने फाइदा पनि कम गरेको छ। खेलमा अझै प्रतिस्पर्धात्मक भावनाको विकास हुनेछ।
प्रतिक्रिया