साविक विजेता पर्सिजाले शनिबार भएको खेलमा पर्सेबाया सुरबायासँग १-१ गोलको बराबरी खेलेको हो।
खेलको ६९ औं मिनेटमा मार्को सिमिकले गोल गर्दै जकार्तालाई अग्रता दिलाए पनि ८० औं मिनेटमा मिस्बाकुस सोलिकिनले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए।
जकार्ताबाट रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए। रोहित अघिल्लो संस्करणमा लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए।
बराबरीसँगै साविकको विजेता समेत रहेको जकार्ताले १२ खेलबाट १३ अंक जोडेको छ। जकार्ता लिगको १४ औं स्थानमा छ।
प्रतिक्रिया