प्रिमियर लिगमा शनिबार राति भएको खेलको तेस्रो मिनेटमा नै टोमी अब्राहिमको गोलबाट चेल्सीले अग्रता लिएको थियो। सेजर अजिपिलिक्युटको क्रसमा उनले डी बक्सको मध्यभागबाट गरेको प्रहारले जाली चुमेको थियो।
लगत्तै खेलको छैटौं मिनेटमा टोड कोन्टवेलले नर्विचका लागि बराबरी गोल फर्काए। टुमी पुक्कीको पासमा उनले गोल गरेका थिए।
यस्तै १७औं मिनेटमा मासोन माउन्टको गोलसँगै चेल्सीले पुन: खेलमा अग्रता लियो। क्रिस्टियन पुलिजिकको पासमा उनले गोल गरेका थिए।
३०औं मिनेटमा टिमु पुक्कीको गोलमा नर्वीचले खेलमा फेरि बराबरी गर्यो। ६८औं मिनेटमा टोमी अब्राहिमले चेल्सीका लागि निर्णायक गोल गरे। उनले माटियो कोभाकिकको पासमा डी बक्सको बाहिरबाट सुन्दर गोल गरेका थिए।
प्रतिक्रिया