यस पराजयसँगै फुटबल विश्लेषकहरुले यस्तै खेलले मड्रिडले यसपटक च्याम्पियन्स लिग जित्न नसक्ने अनुमान लगाएका छन्।
केहीले भने रियल मड्रिडको गोल रक्षक कमजोर भएको बताइरहेका छन्। हाल मड्रिडमा रुस विश्वकप फुटबलमा सर्वोत्कृष्ट गोलरक्षको उपाधि पाएका गोलरक्षक थियाबो कोर्ट्वा छन्।
मड्रिडलाई तीनपटक लगातार च्याम्पियन्स लिग जिताउने गोलरक्षक केलोर नाभास हुँदाहुँदै गत सिजन मड्रिडले चेल्सीबाट कोर्ट्वा भित्र्याएको हो।
त्यस सिजन नाभास र कोर्ट्वा हुँदाहुँदै मड्रिडले कुनै उपाधि जित्न सकेन।
यस सिजन मड्रिडले नाभासलाई पीएसजीमा बेच्यो। तर संयोग तीनै नाभासले मड्रिडविरुद्ध आफ्नो पूर्व क्लबविरुद्ध बुधबार राति मैदान उत्रँनु पर्यो।
परिणाम पीएसजीले ३–० को जित निकाल्यो। अर्थात् नाभासको टोलीले जित निकाल्दा कोर्ट्वाको टोलीले पराजय व्यहोर्नु पर्यो।
यतिबेला कोर्ट्वाको खेलमाथि प्रश्न चिन्ह उठ्न थालेका छन्। मड्रिडका समर्थक आफैं कोर्ट्वाभन्दा नाभास नै राम्रो भनिरहेका छन्।
यद्यपी नाभास पीएसजीमा गइसके। यतिबेला ३ पटक च्याम्पियन्स लिग जिताउने गोलरक्षक बेचेर पश्चाताम गरिरहेको फुटबल पण्डितहरु बताउँछन्। एजेन्सी
Shares
प्रतिक्रिया