ad ad

खेल


जिम्बाबेसँग नेपाल फेरि पराजित

जिम्बाबेसँग नेपाल फेरि पराजित

नेपालखबर
असोज १४, २०७६ मंगलबार १३:३८,

 सिंगापुरमा जारी त्रिकोणात्मक शृंखलामा नेपाल टेस्ट राष्ट्र जिम्बाबेसँग फेरि पराजित भएको छ। 

मंगलबार जिम्बाबेसँग शृंखलाको दोस्रो खेल खेलेको नेपाल ४० रनले पराजित भएको हो। यसअघि जिम्बाबेसँगकै पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो।

ईन्डियन एसोसियसन मैदानमा जिम्बावेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। ३५ बल खेलेका उनले ४ चौका प्रहार गरे। यस्तै आरिफ शेखले २५, करण केसीले १८ रन तथा पारस खड्काले १२ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। 

त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो। खराब सुरुवात गरेको जिम्बावेलाई चौथो विकेटका कप्तान सन विलियम्स र तिनोटेन्डा मुतोम्बोडजीले ६० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए।

तिनोटेन्डाले २० तथा विलियम्सले ५३ रन जोडे। यस्तै रयान बर्लले २१ बलमा समान १ चौका र छक्का सहित अविजित २८ रन जोडे। नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

यस्तै सोमपाल कामीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए। कप्तान पारस खड्का र अभिनाश बोहोराले १–१ विकेट हात पारे।

नेपाल र जिम्बाबे दुवै आइसीसीबाट निलम्बित छन्। सिंगापुरले आइसीसी टि–२० विश्वकप अन्तर्गत विश्व छनोटको तयारीका लागि यो शृंखला आयोजना गरेको हो।

नेपालले अब बुधबार सिंगापुरसँग अन्तिम खेल खेल्नेछ। नेपालले दक्षिण एसियाली खेलकुद(साग)को तयारीका लागि प्रतियोगिता खेलेको हो। टोलीमा पहिलोपल्ट कुशल मल्ल र इसान पाण्डेले अवसर पाउनुका साथै डेब्यू समेत गरिसकेका छन्। यस्तै आरिफ शेख, सन्दीप जोरा र सुशान भारीले पूनगरामन गरेका छन्।

यस लगत्तै नेपाल सिरिजसँग ५ राष्ट्र सम्मिलित टी–ट्वान्टी शृंखला खेल्न नेपाल ओमान प्रस्थान गर्नेछ। नेपाल, नेदरल्यान्ड, ओमान, आयरल्यान्ड र हङकङबीच हुने शृंखला अक्टोबर ५ देखि १०सम्म हुनेछ।

दक्षिण एसियाली खेलकुद(साग)का लागि तीन हप्ते तयारी पश्चात नेपालीटोलीको घोषणा गरिएको हो।नेपाली टोलीमा पारस खड्का, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, बिनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सन्दीप लामिछाने, अविनाश बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशान भारी र इसान पाण्डे छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .