इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा बलियो टोली लिभरपुल विजयी हुँदा टोटनह्याम भने पराजित भएको छ।
लिभरपुलले लेस्टर सिटीमाथि २–१ को जित निकालेको हो। लिभरपुल लिगमा शतप्रतिशत अंक हासिल गर्दै लिगको शीर्ष स्थानमै कायम छ।
८ खेलमा सबैमा विजयी लिभरपुल २४ अंकसहित लिगको शीर्ष स्थानमा छ।
टोटनह्याम भने ब्राइटनसँग ३–० ले पराजित हुन पुग्यो। अन्य खेलमा बर्नलीले एभर्टनमाथि १–०, एस्टन भिल्लाले नरविच सिटीमाथि ५–१, क्रिस्टल प्यालेसले वेस्ट ह्याममाथि २–१ को जित निकाल्दा वाटफोर्ड र सेफफिल्ड युनाइटेडले गोलरहित बराबरी खेले।
प्रतिक्रिया