ad ad

खेल


पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड : उपाधिमा नेपाली खेलाडी हाबी


नेपालखबर
मंसिर ९ , पोखरा

शनिबार पोखरामा सम्पन्न नेपाली र चिनियाँ खेलाडी सहभागी ‘वारहर्स अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड’ प्रतियोगिताको उपाधिमा नेपाली खेलाडीहरुले हाबी भएका छन्। 

नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनियाँ राजदूतावासको आयोजनामा भएको टिम इभेन्ट र व्यक्तिगत इभेन्ट दुवैमा नेपाली धावकहरुले राम्रो प्रदर्शन गरेका हुन्। 

४० किलोमिटर टिम इभेन्टमा सुमन कुलुङ, रमेश लिम्बु र इन्द्रकला नेम्वाङको जोडीले प्रथम स्थान हासिल गर्‍यो। 

उनीहरूले तीन लाख ६० हजार रुपैयाँ हात पारे। वसन्त थारु, मुकेश थारु र श्रीबी महर्जनको जोडीले दोस्रो स्थान हासिल गर्दै दुई लाख ८८ हजार रुपैयाँ र श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगरको जोडी तेस्रो हुँदै दुई लाख १६ हजार रुपैयाँ प्राप्त गर्‍यो।

लिन काइची, याङ हुङझाङ र झोउ किङको जोडी चौथो हुँदै एक लाख ४४ हजार रुपैयाँ प्राप्त गर्‍यो। 

३८ किलोमिट एकल महिलातर्फ मन्जु रावतले प्रथम स्थान हासिल गरिन्। निर्धारित दूरी तीन घण्टा ३४ मिनेट २० सकेन्डमा पूरा गरिन्। तीन घण्टा ५२ मिनेट ४३ सकेन्डमा दूरी पूरा गर्दै पदमकुमारी सुनुवार दोस्रो भइन् हुँदा चार घण्टा ३ मिनेट ४४ सेकेन्डमा दूरी पूरा गर्दै चीनकी झाङ जुन्युएले तेस्रो भइन्। 

पुरुषतर्फ होमलाल श्रेष्ठ प्रथम भए। उनले निर्धारित दूरी दुई घण्टा ३३ मिनेट ४२ सेकेन्डमा पूरा गरे। वेदबहादुर सुनारले दुई घण्टा ४० मिनेट तीन सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे। तीर्थबहादुर तामाङले दुई घण्टा ४३ मिनेट तीन सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरे। 

एकलतर्फको प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ४४ हजार, एक लाख आठ हजार र ५४ हजार रुपैयाँ प्राप्त गर्‍यो। 

यस्तै पाँच किलोमिटर विद्यार्थी सडक दौडको छात्रतर्फ कुमुदिनी होम्सका कृष्ण परियार प्रथम भए। निर्धारित दूरी १५ मिनेट ३८ सेकेन्डमा पूरा गरे। १५ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गर्दै छोरेपाटन माविका तेन्जोन मगर दोस्रो तथा १६ मिनेट ४ सेकेन्डमा दूरी पूरा गरेका कास्की मोडनाइजका बादल कार्की तेस्रो भए। 

छात्रातर्फ छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम भइन्। उनले २२ मिनेट ३३ सेकेन्डमा दूरी पूरा गरिन्। मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटीले २३ मिनेट १० सेकेन्डमा दूरी कटाउँदै दोस्रो र ताल बाराही माविकी गीता श्रेष्ठले २३ मिनेट १९ सेकेन्डमा पूरा गर्दै तेस्रो भइन्। 

छात्र/छात्रा दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरे। 

नेपालको पर्यटन प्रवद्र्धन गर्नको लागि मित्रराष्ट्र चीन सरकारको सहयोगमा प्रतियोगिता आयोजना भएको संयोजक विश्वशंकर पालिखेले बताए। पोखराको पर्यटकीय केन्द्र लेकसाइडको बाराहीघाटबाट सुरु भएको दौडअन्तर्गत खेलाडीहरुले साइक्लिङपछि बोटिङ पनि गरेका थिए। 

प्रतियोगितामा सहभागी हुन १ सयभन्दा बढी चिनियाँ खेलाडीहरु विमान चार्टर्ड गरेर पोखरा आएका थिए। 

मंसिर ९, २०८० शनिबार १९:१३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .