कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा सुर्खेतको विरेन्द्रनगरमा निर्माणाधीन रंगशाला निर्माणका लागि ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बजेट छुट्याइएको शुक्रबार आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले बजेट सार्वजनिक गर्दै बताए।
यसैगरी २०८१ मा सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि आवश्यक भौतिक तथा अन्य पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी उनले दिए।
व्यवसायिक खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि प्रशिक्षण सञ्चालनको कार्यक्रम पनि ल्याइएको छ।
6
Shares
प्रतिक्रिया