आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ भिड्ने भएका छन्।
मच्छिन्द्रका लागि आयुष घलानले गरेको गोल नै निर्णायक बन्यो।
इन्ज्युरी समयको चौथो मिनेटमा बैकल्पिक खेलाडी मनिष डाँगीको क्रसमा आयुषले बललाई पोष्टको जाली चुमाएका थिए।
खेलको प्लेयर अफ द म्याच घोषित भएकम आयुषले ११ हजार रुपैयाँ पाए।
खेलपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरु फिनिसिङमा चुक्दा हार भोग्न बाध्य भएको बताए।
यता मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएको कारणले दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सफल भएको बताए।
गोल्डकपको बिजेताले ११ लाख तथा उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछ।
व्यक्तिगत प्रतिस्पर्धातर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २१ १२ हजार रुपयाँ पाउनेछन्।
Shares
प्रतिक्रिया