दायाँ आँखाको ज्योति गुमाएकी फुटबल खेलाडी समिक्षा मगरको सम्पुर्ण उपचार खर्च अखिल नेपाल फुटबल संघ एन्फाले व्यहोर्ने भएको छ। गत वैशाख १२ गते बारीमा काम गर्ने क्रममा ढुङगा उछिट्टीएर समिक्षाको आँखामा चोट लागेको थियो।
उपचारका लागि विराटनगर आँखा अस्पताल पु-याइएकी उनलाई डाक्टरहरुले आँखाको ज्योति पुनः नआउने बताएका थिए। सुरुमा २५ हजार रुपैयाँ सहयोग गरेको एन्फाले आइतबार अस्पतालमा नै पुगेर सम्पुर्ण खर्च व्यहोर्ने बताएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।
‘हामीले सुरुमा नै सबै खर्च व्यहोर्ने भनेका थियौं तर सहयोग संकलन गर्दा झन् भ्रम फैलियो’ प्रवक्ता राईले भने।
सुनसरीको धरान फुटबल क्लवबाट खेल्दै आएकी समिक्षाले केही महिनाअघि काठमाडौमा भएको क्वीक्स कप समेत खेलेकी थिईन्।
3
Shares
प्रतिक्रिया