कञ्चनपुरमा नदीमा बगेर बुधबार एक बालिका बेपत्ता भएकी छन्। दोधाराचाँदनी नगरपालिका–७ की १० वर्षीया सृजना सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन्।
दोधाराचाँदनी नगरपालिका–९ ढकनाघाटमा नदीमा बगेर बेपत्ता भएकी बालिकाको खोजी भइरहेको वडाध्यक्ष गोपीलाल कँडेलले जानकारी दिए।
‘नदी किनारमा दुई जना नुहाइरहेका रहेछन्, चप्पल बगेपछि समात्न जाँदा बालिका पनि बगेको खबर छ,’ उनले भने, ‘स्थानीय र प्रहरीले बालिकाको खोजी गरिरहेका छन्।’
महाकालीमा बेपत्ता बालिका खोजीका लागि मझगाउँबाट शसस्त्रको गोताखोर टोली मगाइएको उनले बताए।
‘टोली भर्खरै हिँडेको जानकारी छ,’ उनले भने।
42
Shares
प्रतिक्रिया