सुदूरपश्चिम प्रदेशसभा बैठक मंगलबार (भोलि) सम्मका लागि स्थगित भएको छ। सोमबार दिउँसो ३ बजे बसेको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेपछि एक घण्टा सरेको थियो।
सुदूरपश्चितम प्रदेश सभा सचिवालयका अनुसार अब अर्को बैठक मंगलबार (भोलि) बिहान ११ बजेका लागि तोकिएको छ।
प्रदेश सभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची रहेको थियो।
कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा एमालेले मन्त्रिपरिषद्को निर्णयको माग गर्दै सोमबारको बैठक अवरुद्ध पारेको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको प्रदेश सभा बैठकमा सोमबार सार्वजनिक महत्वको विषयमा समय माग गर्दै गेटा विश्वविद्यालयका सम्बन्धमा स्पष्टीकरण दिए।
शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन पहल गरिरहेको उनले बताए।
शाहको सम्बोधन गरेपछि नेकपा एमालेका सांसदहरु उठेर मन्त्रिपरिषद्को निर्णयको माग गरेका थिए। त्यसपछि बेल घेराउ गर्न पुगेका एमाले सांसद त्यतैबाट बाहिरिएका थिए।
Shares
प्रतिक्रिया