कैलालीको काँडा नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
बुधबार बेलुका बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर बिकको डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनी घरनजिकै रहेको नदीमा साथीहरूसँग पौडी खेल्न गएका थिए।
पौडी खेल्ने क्रममा डुबेका उनको बर्दगोरिया अस्पताल बौनियाँमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
6
Shares
प्रतिक्रिया