नेपाली प्रशासनलाई जानकारी नै नदिएर अनाधिकृत रुपमा भारतीय पक्षले नेपाली भूमि नापजाँच गरेको पाइएको छ। भीमदत्त नगरपालिका–११ गड्डाचौकीमा भारतीय पक्षले नेपाली भुमि नापजाँच गरेको हो।
नापजाँचको सामाग्री बोकेर नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतीय गाडीमा गड्डाचौकी पुगेका भारतीयले नापजाँच गरिरहेको स्थानीयले देखेका थिए।
स्थानीयले उनीहरूको काम रोकेर सोधपुछ गर्दा सर्वेक्षण विभाग देहेरादुनबाट आएको बताएका थिए। नेपाली पक्षसँग समन्वय नै नगरी अनाधिकृत रुपमा घुसेर नेपाली भुभाग नापजाँच गरिरहेका ४ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार सोधपुछका लागि ४ जना भारतीयलाई समातिएको थियो।
यूपी ८०६ जे ३९४५ नम्बरको जिपमा उनीहरु नेपाली भुभाग आएका थिए।
प्रहरीसँग सोधपुछक क्रममा ती भारतीयले दोधारा चादनीमा बन्ने सुख्खा बन्दरगाहको नेपालतर्फ लेबल हेर्नलाई आएको भनेका छन्।
भिडिओ
Shares
प्रतिक्रिया