ad ad

सुदूरपश्चिम


कैलालीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु

कैलालीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु

नेपालखबर
असार २, २०८० शनिबार ८:३५, कञ्चनपुर

कैलालीमा जिपको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–४ खैरेनामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा डोटीको शिखर नगरपालिका–९ का ३५ वर्षीय राजेन्द्र सिंह खड्काको मृत्यु भएको हो।

खड्काले चलाएको से ३ प ९२५ नम्बरको मोटरसाइकललाई प्रदेश ३ ०१–०२४ च ५१४ नम्बरको जिपले गत बिहीबार ठक्कर दिएको थियो। दुर्घटनामा खड्काको छाती र मुखमा गम्भीर चोट लागेको थियो।

माया मेट्रो अस्पतालमा उपचारका क्रममा शुक्रबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप चालक गोदावरी नगरपालिका– १ का ४२ वर्षीय झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .