ad ad

सुदूरपश्चिम


धनगढी उपमहानगरले ल्यायो १ अर्ब ९३ करोडको बजेट

धनगढी उपमहानगरले ल्यायो १ अर्ब ९३ करोडको बजेट

नेपालखबर
असार १०, २०८० आइतबार १७:२, काठमाडौँ

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ९३ करोड ८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

आगामी आर्थिक वर्षको बजेटमा कुल खर्च चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार छुट्टाइएको छ।  पुँजीगत तर्फ ७५ करोड ६३ लाख २७ हजार खर्च हुने अनुमान गरिएको छ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख नन्दकला रानाले नगरसभाको १०औँं अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन्। 

प्रस्तुत बजेटको आयतर्फ आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार २१८, राजश्व बाँडफाँटतर्फ ६६ करोड ९७ लाख ९२ हजार, अन्तर सरकार वित्तीयतर्फ (संघ) ९२ करोड ८५ लाख, अन्तर सरकार (प्रदेश) ९३ करोड ८ लाख २४ हजार रुपैयाँ अनुमान गरिएको छ। 

कुल बजेटको पूर्वाधार विकास तर्फ ३६ करोड ८३ लाख ७४ हजार विनियोजन गरिएको छ। 

क्षेत्रगत कार्यक्रम अन्तर्गत विकासतर्फ कुल बजेटको ९ करोड ६५ लाख ९३ हजार विनियोजन गरिएको छ। 

सामाजिक विकासतर्फ ८५ करोड ३६ लाख, सुशासन तथा अन्तर सम्बन्धतर्फ ५ करोड ६५ लाख ५५ हजार, कार्यालय सञ्चालन तर्फ ५५ करोड ५६ लाख ९५ हजार विनियोजन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .