ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमको धनगढीमा आज समाजवादी मोर्चाको सन्देश सभा

सुदूरपश्चिमको धनगढीमा आज समाजवादी मोर्चाको सन्देश सभा

फाइल तस्बिर


नेपालखबर
असोज २९, २०८० सोमबार ९:४८, काठमाडौँ

चार दल आवद्ध समाजवादी मोर्चाले आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय सन्देश सभा गर्दैछ।

सोमबार दिउँसो साढे १ बजे धनगढीमा सन्देश सभा सुरु हुने नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन्।

सभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।

समाजवादी मोर्चाले गएको भदौ १३ गतेदेखि देशभर प्रदेश स्तरीय सभा गर्दै आएको छ।  

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सभा सकेको मोर्चाले आज सुदूरपश्चिममा सभा गर्न लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .