कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा ट्याक्टरबाट खसेर जानकी गाउँपालिका–६ जगतपुरका ६० वर्षीय देव बहादुर शाहको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बेलुका से १ त २३२७ नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरेर जगतपुर जाने क्रममा शाह खसेका थिए।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि लालरत्न अस्पताल लम्की लगिएको थियो।
लम्कीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि टीकापुर अस्पताल लैजाने क्रममा शाहको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक जानकी गाउँपालिका– ६ जगतपुरका ३६ वर्षीय दया शंकर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
30
Shares
प्रतिक्रिया