सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
आगामी फागुनमा पदावधि सकिएर रिक्त हुने तीन सिटका लागि बिहीबार मतदान भएको थियो।
सत्तारुढ गठबन्धनमा दुई सीटमा कांग्रेस र एकमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो।
सत्ता गठबन्धनबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपांग तथा अल्पसंख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द विजयी भएकी हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी भएका बोहराले ४ हजार ३२८, भट्टले ४ हजार ४१९ र चन्दले ४ हजार ३२८ मतभार हासिल गरे।
प्रदेशतर्फ एक र स्थानीय तहतर्फ २ गरेर तीन मत बदर भएको छ।
51
Shares
प्रतिक्रिया