ad ad

सुदूरपश्चिम


एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत, ओलीले खुवाए शपथ

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत, ओलीले खुवाए शपथ

एमाले कञ्चनपुरको नवनिर्वाचित जिल्ला कमिटी, साथमा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली।


नेपालखबर
चैत ६, २०८० मंगलबार ९:५३, महेन्द्रनगर (कञ्चनपुर)

नेकपा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।

यसअघि कार्यवाहक  ध्यक्ष रहेका बुढालाई नवौँ अधिवेशनले सर्वसम्मत अध्यक्ष बनाएको हो। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनीयताको शपथ खाएका छन्।

निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकांक्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो। 

त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन–८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिए।

सबैले पार्टीलाई बलियो बनाउन जोड दिनुपर्ने बताउँदै उनले गुटबन्दीबाट मुक्तभएरक काम गर्न आग्रह गर्नुभयो । गत बिहीबार नवौँ जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .