अछाममा ट्याक्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्।
बिहीबार बिहान बिनायक बजारबाट तोली जाने क्रममा तोली-बिनायक सडकखण्डको ठाँटीमा ट्याकटर दुर्घटनामा परेको हो।
उक्त ट्याक्टर दुर्घटनामा बाजुरा घर भएका चालक महेश भारती र अछामकै पञ्चदेवल बिनायक-२ निवासी सहचालक नेत्र विक घाइते भएका छन्।
दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
33
Shares
प्रतिक्रिया