सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले सामेल नहुने भएको छ।
नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा तत्काल सामेल नहुने एमाले संसदीय दलले निर्णय गरेको छ।
संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा बसेको दलको बैठकले तत्काल सरकारमा सामेल नहुने निर्णय गरेको हो।
नेकपा एकीकृत समाजवादीलाई समर्थन दिए पनि सरकारबाहिर रहने भएको छ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा, स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थनमा एकीकृत समाजवादीका दीर्घ सोडारी बिहीबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
498
Shares
प्रतिक्रिया