ad ad

अटो


त्रैमासिक नाफा घटेपछि निसानले घटायो वार्षिक नाफाको अनुमान

त्रैमासिक नाफा घटेपछि निसानले घटायो वार्षिक नाफाको अनुमान

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ७:५७,

निसान मोटर्सले तीन महिने नाफा ७० प्रतिशतले घटेको भन्दै पूरै वर्षको नाफा अनुमान कटौती गरेको छ । मंगलबार कम्पनीले नाफा अनुमान घटाएको हो।

एजेन्सीहरुका अनुसार बिक्री घटेको र जापानी येन बलियो हुँदा कम्पनीले ११ वर्षयताकै कम नाफा हुने बताएको छ । पूर्वप्रमुख कार्लोस गोसनको बहिर्गमनपछि कम्पनी समस्याग्रस्त बन्दै गएको छ ।

गत हप्तामात्रै कम्पनीले अन्तरिम लाभांश ६५ प्रतिशतले घटाएको थियो । १५ वर्षयताकै खराब स्थिति दोस्रो त्रैमासिक अवधिमा देखिएपछि लाभांश कटौती गरेको थियो। गोसन एक वर्षअघि कम्पनीबाट निकालिएका थिए । त्यसयता कम्पनीको नाफा घट्दै गएको छ । भविष्यको चिन्ता र सेयरसदस्य रेनल्ट एसएसँगको विवादका कारण कम्पनीको सेयर सन् २०१३ अप्रिलयताकै न्यून हुने गरी दुई प्रतिशत गिरावट भएको थियो ।

यो वर्षमात्रै कम्पनीको सेयर १९ प्रतिशतले घटेको छ । प्रतिसेयर मूल्य अहिले ७१४.५ येनमा झरेको बताइएको छ । जापानकै दोस्रो ठूलो सवारीसाधन निर्माता कम्पनीको सञ्चालन नाफा जुलाई–सेप्टेम्बर अवधिमा २७ करोड ५० लाख डलर अर्थात् ३० अर्ब जापानी येन रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १ सय १ अर्ब येन रहेको थियो । निसानले अन्तरिम लाभांश प्रतिसेयर १० येन घोषणा गरेको छ । जुन एक वर्षअघि २८।५० येन रहेको थियो ।

कम्पनीको विश्वभरको बिक्री समेत ७।५ प्रतिशतले घटेर १२ लाख ७० हजारमा झरेको छ । ठूलो बजार मानिने चीनमा कम्पनीको बिक्री २।५ प्रतिशतले घटेको छ भने अमेरिकामा पनि ४।५ प्रतिशतले बिक्री घटेको छ । अमेरिका र चीन विश्वकै ठूला अटो बजार हुन् । कम्पनीले पूरै वर्षको सञ्चालन नाफा अनुमान ३५ प्रतिशतले घटाएर १ सय ५० अर्ब येन हुने जनाएको छ । जुन ११ वर्षयताकै खराब मानिएको छ । राेयटर्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .