साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा २० वटा बस थप गरेको छ। अशोक लेल्याण्ड कम्पनीका बसहरु थप गरिएको साझाले जनाएको छ। उक्त बसहरु आजदेखि नै सञ्चालनमा समेत आएको छ।
थपिएका बस नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्म सञ्चालन हुनेछ।
पेट्रोलियम पदार्थबाट चल्ने यी गाडीहरु साझाले खरिद गर्नेमा सबैभन्दा पछिल्लो हुने समेत अध्यक्ष दीक्षितले बताए। नेपालमा प्रदूषणको मुख्य कारण यातायात क्षेत्र नै देखिएकोले आगामी दिनमा विद्युतीय गाडीमा साझाको लगानी रहने उनले बताए।
प्रतिक्रिया